दफा १०
उपसमिति वा कार्यटोली

१०. उपसमिति वा कार्यटोलीः

(१) समितिले यो आदेश बमोजिम आफूले गर्नु पर्ने काम सुचारु रुपले गर्न गराउनको लागि आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीहरूको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।